१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनमोलले माग्नेबुढालाई ‘सुपरस्टार’ भनेपछि…



ललितखबर
१२ कार्तिक । पछिल्लो समय नेपाली चलचित्रका अभिनेतालाई सुपरस्टारको उपाधि दिनेको होड नै चलेको छ । कतिपय ठाँउमा राजेश हमाललाई सुपरस्टार भनेको सुन्निछ त कही कतै भुवन केसीलाई सुपरस्टारको उपाधि दिइन्छ । विराज भट्ट, अनमोल केसी, प्रदिप खड्कालाई पनि मन परेको कलाकार र पत्रकारले सुपरस्टार भन्दिन्छन् ।


आज ललितपुरमा चलचित्र ‘जेरी अन टप’को शुभमुर्हुत कार्यक्रममा बोल्ने क्रममा अभिनेता अनमोल केसीले केदार घिमिरे माग्नेबुढालाई ‘सुपरस्टार’ भन्दै सम्बोधन गरे । केसीले माग्नेबुढाको प्रशंसा गर्दै यो उमेरमा पनि चलचित्रको स्क्रिप्ट लेखनमा दिनरात खट्ने गरेको बताए ।
केदार घिमिरेले अनमोलले सुपरस्टार भनिदिएर महनता प्रर्दशन गरेको प्रतिकृया दिए । उनले भने, ‘मलाई त्यस्तो लाग्दैन । हरेक चलचित्र परिक्षाजस्तो लाग्छ । सयमा सय मेहनत गर्ने र यसको परिणाम कस्तो हुन्छ दर्शक र भगवानको भरोसा छ ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ०४ बजे