९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, यात्रु ओरालेर जाँच शुरु



१२ कात्तिक । एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि काठमाडौं विमानस्थलमा सुरक्षा जाँचलाई कडा पारिएको छ। सोमबार दिउँसो काठमाडौंमा अवतरण भएको एआई २१६ उडान नम्बरको विमानमा ५५ नेपालीसहित १५८ यात्रु थिए। दिल्लीस्थित एयर इण्डिया कार्यालयबाट विमानमा बम रहेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी र सेनाले सुरक्षा जाँच थालेका हुन्।

सूचनापछि सबै यात्रुलाई विमानबाट ओरालेर अलग राखेर जाँच गरिएको छ भने, बम डिटेक्सनका लागि तालिमप्राप्त कुकुरहरू प्रयोग गर्दै ‘डग स्निफिङ’ समेत गराइँदै छ।

गत हप्तामा दिल्लीबाट आएको भिस्तारा एयरवेजको विमानमा समेत बमको हल्ला चलेको थियो, तर त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेन। पछिल्लो समय भारतीय विमानहरूमा पटकपटक यस्ता झूटा धम्कीहरू आउँदा यात्रुहरूमा त्रास फैलिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।