१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महापुरूष’ अव युट्युवमा हेर्न पाइने



१२ कार्तिक । चलचित्र ‘महापुरूष’ अव युट्युवबाट प्रशारण हुने भएको छ । लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गते युट्युबमा प्रशारण गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र केन्द्र मोशन पिक्चर्सको युट्युबमा प्रशारण गर्न लागेको हो । गएको दुई बर्षअघि चलचित्र भवनहरुमा प्रर्दशन भएको यस चलचित्रले राम्रो बक्सअफिस कलेक्सन (आम्दानी) गरेको थियो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘महापुरूष’मा हास्यकलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराईली, रबिन्द्र सिंह बानियाँ, नरेश पौड्याल, सिरू बिष्ट, कोपिला थापालगायत कलाकारहरूको अभिनय हेर्न पाइन्छ ।
चलचित्र ‘महापुरूष’ केही समयअघि ओटिटी प्लेटफर्ममा समेत स्ट्रिमिङ भएको थियो । चाडपर्वमा नेपालीहरु चलचित्र हेरेर मनोरञ्जन गर्ने पछिल्लो पुस्तामा चलन बढ्दै गएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।