काठमाडौँ
१३ कात्तिक । भारतीय कलाकारहरुको बर्चस्व रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ प्रर्दशनमा आउने भएको छ ।
चलचित्रमा भरतीय कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गरेको निर्माण पक्षले जानकारी दिएको छ । कात्तिक ३० गतेदेखि यो चलचित्र नेपालीसँगै हिन्दी, तेलुगु भाषासमेतमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको निर्देशक चन्द्र पन्त रहेका छन् भने ज्योतिष समेत रहेका हरिहर अधिकारीसँगै अभिनेत्री नीता ढुङ्गाना, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झाको अभिनय चलचित्रमा हेर्न पाइन्छ ।
एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूका जीवनमा आउने आरोह–अवरोहको कथामा आधारित चलचित्रलाई ज्योतिष हरिहर अधिकारीले लेखेका हुन् । उनले यो विषय दर्शकलाई रोचक लाग्ने भएकाले आफूले चलचित्रमा ल्याउने आट गरेको बताए ।
निर्देशक पन्तले नेपाली र भारतीय कलाकारहरूले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले कला, संस्कृतिसँगै एक आपसमा सामीप्यता बढाउने बताए ।
अभिनेत्री विपना थापाले भारतीय पत्रपत्रिकामा नेपाली चलचित्र चर्चाले आफूलाई हर्षित बनाएको बताइन् ।
अभिनेता तथा निर्माता अधिकारीले चलचित्र नेपाली धर्म र संस्कृतिको प्रयोग गरिएको बताउदै पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र निर्माण गरेको जानकारी दिए ।
१३ कार्तिक २०८१, मंगलबार
40
Shares
प्रतिक्रिया