८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौको ८ ठाउँमा छठ



काठमाडौंको गौरीघाट, कोटेश्वर दोभान,कमल पोखरी,वंशीघाट,बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउन लागिएको हो

 

२१ कार्तिक । काठमाडौंको आठ ठाँउमा छठ मनाउनका लागि महानगरले व्यवस्थापन गरेको छ ।
काठमाडौं महानगरका अनुसार काठमाडौंको गौरीघाट, कोटेश्वर दोभान,कमल पोखरी,वंशीघाट,बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउन लागिएको हो ।

महानगरका मेयर वालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाले यी स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको काम गरेको जानकारी दिएका छन् । मेयर शाहले आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै छठ पर्व व्यवस्थापनका लागि ८ स्थानमा काम गर्दै आएको बताएका छन् ।

तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको पुजा आराधना गर्ने पर्व हो । छठसँग हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ ।
तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : १४ बजे