१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले दिए राजीनामा



२१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ३५ बजे