२३ कात्तिक । चितवनको भरतपुर २९ सत्रकिलोमा भएको सवारी दर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको नाम-थर खुल्न सकेको छैन।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए।
मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया