२३ कात्तिक । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया