२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति



२५ कात्तिक । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।

अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद शनिवार राति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
सहकारी ठगी र संगठित अपराधमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आइतवार पनि प्रहरीले थप म्याद माग्ने जनाइएको छ । यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ४२ बजे