१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मानवबेचखन कसुरमा पूर्वमन्त्री अधिकारीलाई दुई दिन थुनामा राख्न अदालतको अनुमति



२५ कात्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीलाई थुनामा राख्न अदालतले प्रहरीलाई दुई दिनको म्याद दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र लिखत कीर्ते मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनलाई प्रहरीले आइतबार विराटनगरस्थित घरबाटै पक्राउ गरेको हो । जापान जाने क्रममा तीन जना व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर तस्करी गर्ने प्रयास गरेको अभियोग उनीमाथि छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ४२ बजे