७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दीपक मनाङे डिल्लीबजार कारागार चलान



२७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

मनाङेको मुद्धामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएकाे थियाे ।

सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २९ बजे