२८ कात्तिक । गायिका समीक्षा अधिकारीलाई नवलपुरमा दर्शकको भरपुर साथ पाएकी छन् । देवचुली–१ केउरानी (नारायण नदी किनार)मा आयोजित ’एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला’ मा उनले आफ्ना हिट ट्रयाक गाउँदा दर्शकको भरपुर साथ पाइन् ।
तीन दिने मेलाको अन्तिम दिनको मुख्य आकर्षणका रूपमा पुगेकी समीक्षाको प्रस्तुति हेर्न र सुन्न ठूलो संख्यामा दर्शकको भीड उर्लिएको थियो।
दर्शकको ’वान्स मोर’ आएपछि कतिपय गीतहरू उनले दोहो¥याएर समेत गाइन्।
’दर्शकको उपस्थिति निकै राम्रो पाएँ। उहाँहरू हरेक गीतमा रमाइलो गर्नुभयो,’ समीक्षाले भनिन्।
प्रतिक्रिया