१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा सर्जकहरुलाई ‘एफएलएफ अवार्ड’ प्रदान



अवार्डमा चलचित्र ‘सुगुप’ले ‘उत्कृष्ट चलचित्र’ र ‘चे’ले ‘उत्कृष्ट कथा’को अवार्ड जित्यो भने
नायिकातर्फ विमला खजुम, नायकतर्फ आशाहाङ आङ्बो, गीतकारतर्फ रीता फोम्बो, संगीततर्फ संगीतकार रोशन बान्तावा राई, गायिकातर्फ सुनिता लावती, गायकतर्फ निर्मल सुब्बा, छायांकारतर्फ सम्राट कार्की र निर्देशकतर्फ सागर सुब्बा उत्कृष्ट ठहरिए ।

२ मंसिर । राजधानीमा भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियोहरुको संयुक्त संस्कृतिमूलक अवार्ड ‘एफएलएफ अवार्ड’ विभिन्न सर्जकहरुलाई वितरण गरिएको छ ।
किशोर सुब्बा, दिनेश लिङ्देन, लिला सिङ्घक र विवस माङ्मु जुरी मण्डल रहेको अवार्डमा नायक आशिष लिङ्देनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको छ । अवार्डमा चलचित्र ‘सुगुप’ले ‘उत्कृष्ट चलचित्र’ र ‘चे’ले ‘उत्कृष्ट कथा’को अवार्ड जित्न सफल भयो ।
त्यस्तै नायिकातर्फ विमला खजुम, नायकतर्फ आशाहाङ आङ्बो, गीतकारतर्फ रीता फोम्बो, संगीततर्फ संगीतकार रोशन बान्तावा राई, गायिकातर्फ सुनिता लावती, गायकतर्फ निर्मल सुब्बा, छायांकारतर्फ सम्राट कार्की र निर्देशकतर्फ सागर सुब्बा उत्कृष्ट ठहरिए ।
फिल्म निर्मात्री आशा नेम्बाङको सभाध्यक्ष तथा पूर्व उपराष्ट्र«पति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व मेजर जनरल होमकुमार लावती, कलाकार तथा निर्माता अशोक शर्मा, निर्देशक उदय सुब्बा, गायक धिरज राई अतिथी थिए ।
कार्यक्रमलाई सांगीतिक बनाउन गायक धिरज राई, हेम दिलुङछा राई, नरेश बनेमले गीत गाउँदा नायक सोम लामाले नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय नाचघरमा भएको अवार्डको प्रमुख प्रायोजक कलाकार तथा युवा व्यवसायी केशवराम राई रहेका थिए ।
फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिद्वारा लगातार छैटौं संस्करणसम्म आयोजना भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।