काठमाडौं
३ मंसिर । चलचित्र कर्मामा अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरी जोडीको रुपमा देखिने भएका छन् ।
फरक फरक चरित्रमा अभिनय गरेर चर्चामा आएका कार्कीको चलचित्र पछिल्लो समय दर्शकको रोजाईमा पर्ने गरेको छ । अभिनेत्री ठकुरीका चलचित्रहरु पनि दर्शककले मन पराउने गरेका छन् । केही समयअघि उनले अभिनय गरेको चलचित्र खुस्मा बक्स अफिसमा सफल भएको थियो ।
निर्माण पक्षले ठकुरीलाई भर्खरै अनुबन्धित गरेको हो । उनी सँगै कलाकार मुकुन भुसाल खलनायकको रुपमा चलचित्रमा भित्रिएका छन् ।
सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा
विपिन र उपासनाले पहिलो पटक सहकार्य गर्न लागेको हो ।
चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले चर्चा छ । यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलो चलचित्रकै लागि पटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।
मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रर्दशन गर्ने योजना छ । चलचिको छायांकन दाङ र रुकुममा हुँदैछ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ ।
३ मंसिर २०८१, सोमबार
16
Shares
प्रतिक्रिया