३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


स्थानीय तहभित्र मदिरा बिक्री, सेवन रोक्न र सडक, गाडी तयारी अवस्थामा राख्न आयोगको निर्देशन



२१ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

आयोगले सोमबार उपनिर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई पत्र लेख्दै मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आग्रह गरेको हो।

पत्रमा लेखिएको छ ‘मिति २०८१।०८।०५ देखि मिति २०८१।०८।१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउने,’ ।

त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ ।

मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालले पत्रमार्फत जानकारी दिएकी छन् ।

साथै उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानीय तहमा उपनिर्वाचनको दिन मंसिर १६ गते सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ५६ बजे