१५ माघ २०८१, मंगलबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चित्रकार देशारलाई अन्तराष्ट्रिय कलारत्न सम्मान



देशारले माथिल्लो पुस्ताका चित्रकार र नयाँ पुस्ताका चित्रकारका बीच बढ्दै गएको खाडल पुर्नुपर्ने आवश्यकता रहेको औल्याए

राजस्थान, भारत
भारतको राजस्थानमा १८ औं अन्तर्राष्ट्रिय कलापर्वमा नेपालका चित्रकार अजय देशार अन्तराष्ट्रिय कलारत्नद्वारा सम्मानित गरिएको छ । अन्तरंग कला एवं एजुकेशन वेलफेयर सोसाइटी तथा राजस्थान ललितकला एकेडेमीद्धारा राजस्थानको टोंकमा आयोजित उक्त कलापर्वमा चित्रकार देशारलाई अन्तराष्ट्रिय कलारत्न सम्मानद्धारा सम्मानित गरिएको हो ।
सम्मानपश्चात् कार्यक्रममा सम्बोधन गर्दै योङ पिकासोका निर्देशक अजय देशारले माथिल्लो पुस्ताका चित्रकार र नयाँ पुस्ताका चित्रकारका बीच बढ्दै गएको खाडल पुर्नुपर्ने आवश्यकता रहेको औल्याए । कलाकार देशारले पुस्तान्तरणमा कलाको हस्तान्तरणसँगै माथिल्लो पुस्ताको साथ बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपालका ९ सहित २०० भन्दा बढी चित्रकारहरु सहभागी थिए । कार्यक्रममा देशारसहित ४ अन्र्तराष्ट्रिय तथा २० राष्ट्रिय चित्रकारहरुलाई कलारत्न सम्मान गरिएको थियो ।
नेपालबाट सहभागी भएका चित्रकारहरुमा योङ पिकासोका निर्देशक अजय देशार, छ्वाली चित्रकार राजेश महर्जनसहित चित्रकारहरु बालकिशोर चौधरी, प्रिन्स महर्जन, नरबहादुर वि.क, सुनैना ठाकुर, दोर्जे गुरुङ लामा, निदेश श्रेष्ठ र चित्रबहादुर बुढा मगरको सहभागिता रहेको छ ।
कलापर्वमा भारतका विभिन्न प्रान्तहरु जस्तैः गुजरातका १८, पञ्जावका १० सहित विभिन्न राज्यबाट आएका १०० जना भन्दा युवा चित्रकारहरुले चित्रकला प्रतियोगिता भाग लिएका थिए । प्रतियोगिता भाग लिएका उत्कृष्टहरुलाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रममा रसियाबाट १३ जनाले भर्चुअल रुपमा सहभागिता जनाएका थिए ।

गत कार्तिक ३० देखी मंसिर २ गतेसम्म आयोजना भएको उक्त कलापर्वमा कला कार्यशाला, चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, अन्तराष्ट्रिय तथा राष्ट्रिय चित्रकार सम्मान आदि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : २३ बजे