४ मंसिर । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा दुर्घटना भएको हो ।
लु १ ज ४५७९ नम्बरको जीप दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ तर उनीहरुको पहिचान खुलिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनमा परी अन्य सातजना घाइते भएका छन । उनीहरुको उपचारका लागि महेन्द्रनगर पठाइएको छ । आज अपरान्ह करिब ४ः३० बजेतिर जीप सडकबाट ३० मिटर तल खसेको हो ।
घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया