६ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भाडादर घटाएको छ । एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको जानकारी दिएको हाे ।
एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र ब्यांग्लोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।
जसमा दिल्ली, मुम्बई र ब्यांग्लोर क्षेत्रको लागि बजार भाडादरमा २ हजार ५ सय र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता क्षेत्रको लागि बजार भाडादरमा ५ हजार रुपैयाँसम्म छुट दिनेछ ।
बुधबार मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए । हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरेको थियो ।
प्रतिक्रिया