२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुर र भक्तपुरका सहायक सीडीओसहित १२ उपसचिवको सरुवा



१३ मंसिर । गृह मन्त्रालयले मातहतका उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार सूचना निकाल्दै ५ जनाको पदस्थापन र ७ जनालाई सरुवा गरिएको जानकारी दिएको हो।

गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।

भक्तपुरमा चिरञ्जिवी भण्डारी र ललितपुरमा गीता घिमिरेलाई सरुवा गरिएको छ।

सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सुवास कुमार लामिछाने, धनुषामा ध्रुवप्रसाद कोइराला, धनकुटामा खगेन्द्र सुवेदी, चितवनमा चुडामणी शर्मा गौमत र सिराहामा चेतराज बराललाई सरुवा गरिएको छ।

केन्द्रीय कारागार सुन्धारामा कार्यरत कृष्णबहादुर कट्वाललाई गृहमन्त्रालय लगेर त्यहाँ अन्जन न्यौपानेलाई खटाइएको छ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १० : ०७ बजे