१३ मंसिर । गृह मन्त्रालयले मातहतका उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार सूचना निकाल्दै ५ जनाको पदस्थापन र ७ जनालाई सरुवा गरिएको जानकारी दिएको हो।
गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।
भक्तपुरमा चिरञ्जिवी भण्डारी र ललितपुरमा गीता घिमिरेलाई सरुवा गरिएको छ।
सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सुवास कुमार लामिछाने, धनुषामा ध्रुवप्रसाद कोइराला, धनकुटामा खगेन्द्र सुवेदी, चितवनमा चुडामणी शर्मा गौमत र सिराहामा चेतराज बराललाई सरुवा गरिएको छ।
केन्द्रीय कारागार सुन्धारामा कार्यरत कृष्णबहादुर कट्वाललाई गृहमन्त्रालय लगेर त्यहाँ अन्जन न्यौपानेलाई खटाइएको छ।
प्रतिक्रिया