१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चलचित्र तेल भिसा’को प्रर्दशन भाड्न मिडिया ट्रयाल गरिएको अभिनेत्री ऋचाको दाबी



 

चापागाँउ
‘चलचित्र तेल भिसा’को निमात्री समेत रहेकी अभिनेत्री ऋचा घिमिरेले आफ्नो चलचित्र प्रर्दशन भाड्न मिडिया ट्रयाल गरिएको दाबी गरेकी छिन् ।
एक टेलिभिजन अन्र्तवार्ता दिने क्रममा निर्माता तथा निर्देशक शंकर घिमिरेले चलचित्र प्रर्दशनको दुई दिनअघि मिडिया ट्रायल गरिएपछि आफू धेरै रोएको बताए ।

चलचित्र प्रर्दशनको दुई तीन दिनसम्म पनि आफू डबिङ गर्नमै व्यस्त यहुनु परेको उनको भनाई छ । अभिनेत्री ऋचाले तीललाई पहाड बनाइएको बताइन् ।
उनले पक्राउ पुर्जी जारी नभएको अदालतमा मुद्दा नपरेको बताउदै हुँदै नभएको कुरालाई सञ्चारमाध्यमहरुमा ल्याएको ठोकुवा गरिन् ।
करिव १५÷१६ बर्षको घटना रहेको र परिवारिक लेनदेनको मामिला भएको उनीहरुले बताएका छन् । परिवारका सदस्यहरुलाई उक्साएका कारण सो घटना बाहिर आएको र सबै कुरा मिलेको निर्देशक घिमिरेले बताए ।
गत कार्तिक ३० गते चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरे मानव तस्करको आरोपमा उजुरी परेको समाचारहरु सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।