१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बम बहादुर ट्रेलर : गोर्खालीको गाथा अनि युद्धको झल्को



चापागाँउ
नेपाली दर्शकले वार र क्राइम जनराको चलचित्र विरलै हेर्न पाउछन् । आउँदो पुस ५ गतेबाट युद्ध र अपराध अनुसन्धानको झल्को दिने चलचित्र ‘बम बहादुर’ प्रर्दशन हुने तयारीमा छ ।
भर्खरै सार्वजनिक भएको ट्रेलरमा सस्पेन्स, थ्रिल र सोसल ड्रामाको अनुभव गर्न पाइन्छ ।
चलचित्रको केन्द्रमा अभिनेता सौगात मल्ल छन् । चलचित्रभित्र प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ ।
चलचित्रमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ । करिब ३८ वर्षअघि भएका घटनालाई आधार बनाएर चलचित्र निर्माण गरिएको छ । चलचित्रको ट्रेलरको अधिकाशं दृश्यमा सौगात मल्ल देखिन्छन् ।

चलचित्रको ट्रेलरमा मुल कथाको रहस्य लुकाइएको छ । यद्यपी ट्रेलरमार्फत ‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित रहेको संकेत दिइएको छ । दृश्यहरुमा लडाई, भागदौड र काटमारको बाहुल्य छ ।
ट्रेलरमा हतियार र युछको झलक देखिन्छ । किन र कसका लागि र कसले यो सव गरिरहेको छ भन्ने चाही खुल्दैन ।

च्लचित्रमा जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको छ । चलचित्र नेपाल र भारतमा एकै दिन प्रर्दशन हुने तयारीमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।