काठमाडौं
राजधानीको ओमबहाल र सुर्यबिनायकमा आगलागी भएको छ । दुवै ठाँउमा आगलागीपछि लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने रामकृष्ण श्रेष्ठको ईपिक क्याफे एण्ड रेष्टुरेन्टको किचेनमा शुक्रबार राति आगलागी हुँदा किचेन पूर्णरूपमा जलेर नष्ट भएको हो ।
साथै भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सुर्यबिनायक लुथाबु टोलस्थित फेन्सी पसलमा विद्युत सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा लत्ताकपडा, काठको दराज, प्लाष्टिकको कुर्ची, टेवल लगायतको सरसामान जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणका लागि राजधानीका दमकलहरुले प्रयास गरेका थिए । दुबै आगलागीको घटनाको क्षतिको विवरण प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया