२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, चालक र सहचालक बेपत्ता



२३ मंसिर । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

सो बुलेटको इन्जिन सडकबाट करिब एकसय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा छ । बुलेट त्रिशुली नदीले बगाएर करिब दुईसय मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा परेको ग्यास बुलेटको उद्धारको काम भइरहेको छ । अहिलेसम्म घाइते कोही नभेएटिएको प्रहरीको भनाइ छ । चालक सहचालक समेत नभेटिएकाले दुर्घटनास्थलमा खोजीको काम भइरहेको छ ।

सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।