२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप



२३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

यसअघिको म्याद सकिएपछि प्रहरीले आइतबार बिहान लामिछानेलाई अदालत पेस गरेको थियो । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीमाथि म्याद थप भएको हो।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामछानेलाई बुटवल,काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो। सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।