२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गढीमाई मन्दिर दर्शन गरेपछि फर्केको स्करपियो दुर्घटना, आठ जना घाइते



रौतहट
गढीमाई मन्दिर दर्शन गरेर फर्केको स्करपियो दुर्घटनामा परेको छ । दुर्घटनापछि आठ जना यात्री घाइते भएको खबर छ ।
सिरहाको अर्नहा फर्कँदै गरेका दर्शनार्थी चढेको स्करपियो दुर्घटनामा रौतहटस्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो भएको हो ।

दुर्घटनामा चार जना बालबालिका समेत रहेको बताइएको छ । बा१६च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई धन्सार पुल नजिक सडक किनारको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
घाइतेहरुको सनाखत भने भइसकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।