५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सोल्टिनी’मा विल्सन विक्रम राई (तक्मे बुढा)को प्रवेश



काठमाडौं
निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ ।

चलचित्रमा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। सपूतले ’भीमसेन पोखरेल’ र लिम्बुले ’दिलासा राई’को भूमिका निभाउनेछन् ।

’सोल्टिनी’ भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।

चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।

२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस चलचित्रको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।