२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतको आदेश



३ पुस । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्‍यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई उपस्‍थित गराउन आदेश दिएको हो।

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका हुन्।

यस मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रहरी प्रधान कार्यालय नक्साल, गृहमन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएको हो। अहिले प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

उनले एक व्यक्तिलाई भारतमा परिचालन गरी व्यापारी तथा उच्चस्तरीय व्यक्तिलाई धम्की दिन लगाएको आरोप छ।
यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो।

सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुन: पक्राउ गरी अनुसन्धान गरेको छ। प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।