२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल एअरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु



७ पुस । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुको मृत्यु भएको छ ।

निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको हो ।

उनी जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको विमानस्थल स्रोतले बताएको छ । उनलाई केएमसी पुर्‍याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको छ । मृतक देउमान ५३ वर्षका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।