२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र छायाङ्कनका लागि ‘ड्रोन’कार्यशाला सुरु



काठमाडौँ
चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ ।
कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै अध्यक्ष डिसीले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको जानकारी दिए ।
चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिरछविकार राजभाइ सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपालीलगायत २५ जना सहभागी छन् ।

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।