१० पुस । एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित ३ नेताहरूलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी कार्यालय बनाउन दान लिएको बारे आलोचनात्मक धारणा राखेका उनीहरूलाई एमाले सचिवालय बैठकले जिम्मेवारी खोसेको छ ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको बुधबार बसेको सचिवालय बैठकले निष्कर्ष निकाल्दै उनीहरूको जिम्मेवारी खोसेको हो । नेता रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो ।
यसैबीच एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते बस्ने भएको छ।
रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए ।
प्रतिक्रिया