१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पुष्पा–२ को टिमले पीडितको परिवारलाई दियो २ करोड भारु



११ पुस । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा–२ः द रुल’को हैदरावादमा स्क्रिनिङका क्रममा भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई पुष्पा फिल्मको टोलीले २ करोड रुपैयाँ सहयोग गरेको छ ।
अल्लु अर्जुनले पीडितको परिवारलाई १ करोड भारु दिएको अल्लु अर्जुनका पिताले बताए । पुष्पाका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले पनि अर्को ५०/५० लाख भारु दिएको पनि उनले बताए ।

तेलंगाना कांग्रेसका विधायक भूपति रेड्डीले भने अभिनेता अल्लु अर्जुनलाई चेतावनी दिएका छन् । सीएम रेवन्त रेड्डीविरुद्ध कुनै पनि प्रकारको आलोचना नसहने उनले बताए । यदि अल्लु अर्जुनले सीएम रेड्डीमाथि टिप्पणी गरे भने उनको फिल्म राज्यमा रिलिज हुन नदिइने उनको भनाइ थियो ।

४ डिसेम्बरमा फिल्म पुष्प–२ को विशेष शोका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । सन्ध्या थिएटरमा जे भयो त्यो सामान्य दुर्घटना भएको डिसेम्बर १ मा अल्लुले बताएका थिए । अल्लुको यो बयानलाई लिएर कांग्रेस विधायकले मंगलबार उनलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १२ : ५६ बजे