१२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले विगतमा सिंह सँगै बसेको तस्बिर साझा गर्दै सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!’
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको थियो। सिंहको आज राजकीय सम्मानका साथ अन्त्यष्ठि गरिँदैछ। अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाउने निर्णय भारत सरकारले गरेको छ।
प्रतिक्रिया