१५ पुस २०८१, सोमबार | Tue Dec 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


’कन्दरा’ ब्याण्ड नयाँ गीत ल्याउँदै, ’हुनेछः द सङ्ग अफ होप’ सार्वजनिकको तयारी



काठमाडौं
कन्दरा व्याण्डले नयाँ गीत ’हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने गीत रहने बताइएको छ ।

यो गीतलाई यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए ।

गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् ।
कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’विदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीत बजारमा चर्चित छन् ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन्
३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक–पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ३९ बजे