१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेवातालमा ड्रागन बोट रेस



१४ पुस । फेवातालमा आइतबारदेखि दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल सुरु भएको हो।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै यसप्रकारका खेलले पोखराको पर्यटन प्रबर्द्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए।

दुई दिन चल्ने प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन्। जसमा नेपालका ११, चीन ८ र सिंगापुरका एक टिम छन्।२०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : १८ बजे