२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार पत्रकार सम्मेलन गर्दै भीम रावल, पार्टी घोषणाको तयारी



१५ पुस । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आफ्ना कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । नेता रावलले आगामी बुधबार (पुस १७) गते कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुन लागेको छ ।

‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, रावल निकट एक नेतालले भने, ‘ १७ गते १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।