२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डले भने- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु



१५ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका प्रचण्डले यस्तो बताएका हुन् । ‘गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु,’ प्रचण्डले भने, ‘म उहाँ (केपी शर्मा ओली) को ठाउँमा आएर यो उद्घोष गरेँ ।’

यस्तै उनले यति-ओम्नीसँगै अरु प्रकरणको पनि पर्दाफास गर्ने बताएका छन् । त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउन उनले जनतासँग अपिल गरेका छन् ।

‘माओवादी केन्द्र फेरि शक्तिमा आउने छ र सुशासन, समृद्धि र आर्थिक विकास राम्रो हुनेछ,’ उनले भने, ‘त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउनुपर्‍यो ।’

फरक प्रसङ्गमा प्रचण्डले भ्रष्टाचारको संरक्षणका लागि आफू नेतृत्वको सरकार ढालिएको बताए । ‘सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि यो सरकार बन्यो,’ उनले भने, ‘त्यसमा तपाईंहरू स्पष्ट हुँदा हुन्छ ।’

उनले अहिलेको कांग्रेस–एमालेको सरकार अप्राकृतिक र असंवैधानिक रहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाली, झेली र कपटी नेताको संज्ञा दिए । उनले ओलीको दिमागमा जालझेलबाहेक अरु नदेखिएको टिप्पणी गरे ।

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनको पक्षमा कदम चालेपछि सरकार ढालिएको दाबी गरे । उनले भने,‘देश र जनताको पक्षमा त्यसरी सुसशासनका पक्षमा काम गरेबापत अनि भूमिाफयाहरु डराए । सरकारी जग्गा सरकारकै नाममा ल्याएपछि भूमाफिया डराए । विचौलियाको सेटिङ भत्काएपछि, भ्रष्ट तत्वमा खैलाबैला मच्चियो । बडो अलोकतान्त्रिक, अपा्रकृतिक र अपरादर्शी तरिकाले रातारात मेरो सरकार ढालियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि, नेपाली कांग्रेस र एमालेका ठूला ठूला नेता, एमालेको हेडक्वार्टरतिरै सोझिएपछि सरकार फेरियो । पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा संसदीय लोकतन्त्रमा हुँदैन् । हिन्दुस्तानमामा कंग्रेस आई र भाजपा मिलेर सरकार बनाएका सुनेका छौं ? तर, नेपालमा यस्तो भयो । यो लोकतन्त्रविरोधी कुरा हो । संविधानको धारा ७६ (२) को सरकारले विश्वासको मत लिन सकेन भने ७६ (३) अन्तर्गतको भन्ने सरकार बन्नेछ भनेर लेखेको छ । मैले विश्वासको मत नपाएपछि ७६ (३) को सरकार बन्नुपर्ने थियो । यो अहिलेको गठबन्धनको सरकार न लोकताकिन्त्र छ, न संवैधानिक छ । यो जालझेल र षड्यन्त्रबाट आएको सरकार हो । यसले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ । दलाललाई बचाउने र विचौलियाको रक्षा गर्ने काममा मात्रै छ ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ०० बजे