२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२०२५ देखि ०३५ सम्म पर्यटन दशक मनाइने



१६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताएका हुन्।

मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए। धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे।

उनले भने, ‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ। यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन्। सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,’ उनले भने ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : २९ बजे