१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अस्पतालले भन्यो,‘सचिनलाई हृदयाघात भएको थियो’



१८ पुस । बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो।

उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र हृदयाघात भयो।

सोही कारण आज (पुस १८ गते) बिहान १० बजेर ४९ मिनेट जाँदा उनको मृत्यु भएको शिक्षण अस्पतालले जानकारी दिएको छ।

अस्पतालको विज्ञप्ति-

 

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।