२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति



२० पुस । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै ‘ढोग दिया’ जस्ता मौलिक शब्दहरूको दुरुपयोग गर्दै काली-कर्णाली क्षेत्रका परम्परा, संस्कार र संस्कृतिलाई होच्याउने प्रवृत्तिप्रति खेद व्यक्त गरेको हो।

प्रतिष्ठानले यस्तो प्रवृत्तिले सामाजिक सद्भाव र क्षेत्रीय पहिचानमा नकारात्मक असर पुर्‍याउने भन्दै सम्बन्धित निकायलाई यस्ता गतिविधिलाई रोक्न आग्रह गरेको छ।

अध्यक्ष ध्रुवबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा देउडा संस्कृतिसँग जोडिएका परम्परा, कला, र सभ्यताको सम्मानमा आँच पुर्‍याउने गीत, संगीत, तथा सामाजिक सञ्जालका सामग्रीप्रति विरोध जनाइएको छ।

“हाम्रो सभ्यता र संस्कारसँग जोडिएका शिष्ट शब्दहरूको खिल्ली उडाउने तथा अपहेलना गर्ने गतिविधि स्वीकार्य छैन। यस्ता अपाच्य गीत-संगीतको प्रकाशन वा प्रसारण तत्काल रोक्नुपर्छ।” अध्यक्ष ध्रुवबहादुर सिंहले भने।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ५९ बजे