२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


 भक्तपुरमा धिमे बाजा प्रतियोगिता सुरु



भक्तपुर
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गरेका छन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशमा पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउँदै यसले प्रदेशभरि धिमे बाजाको संरक्षण गर्ने विश्वास व्यक्त गरे ।
धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउदै चाँगुनारायणको पर्यटन, आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउँछ भन्ने विश्वास लिएको उनको भनाई थियो ।
प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने जनाउँदै नगरप्रमुख खत्रीले द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या र सिछ्या एक÷एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा र भुछ्या एक÷एक थान प्रदान गरिने बकताए ।
सान्त्वना हुनेलाई रु पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमे बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमे बाजा एक थान, उत्कृष्ट छैठौँदेखि १०औँ स्थानसम्मकालाई भुछ्या एक÷एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न जिल्लाका स्थानीय पालिकाका ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
कार्यक्रममा इतिहास एवं संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गमस्थल चाँगुनारायण रहेको चर्चा गर्दै यहाँ अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदा रहेकाले सबैको सहकार्य र समन्वयबाट ती सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगिता आज रातिसम्म सकिने जनाउँदै पुरस्कार आइतबार वितरण गरिने आयोजक चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ९ : १५ बजे