२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुकम्पको केन्द्रविन्दु नेपाल तिव्वत सिमानामा, ७ रेक्टरस्केल मापन



भुकम्पको केन्द्रविन्दु नेपाल तिव्वत सिमाना दिंगे कान्टी भन्ने ठाँउ आसपास रहेको

काठमाडौं

मंगलवार बिहान काठमाडौं लगायत देशभर भुकम्पले धक्का दिएको छ ।
भुकम्पको केन्द्रविन्दु नेपाल तिव्वत सिमाना दिंगे कान्टी भन्ने ठाँउ आसपास रहेको खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन गरिएको छ ।
भुकम्पले धक्का दिएपछि देशभरका नागरिक चिच्चाउदै घर बाहिर निस्केका थिए ।

२०७२ वैशाख १२ गते गएको भुकम्म पछि यो दोश्रो ठूलो भुकम्प हो । २०७२ बैशाख २८ गते पनि ६.८ रेक्टर स्केलको भुकम्प गएको थियो ।
नेपाल जापान पछि धेरै भुकम्पको जोखिमयुक्त रहेको विज्ञहरु बताउछन् । इण्डियन प्लेट र चाइनिज प्लेटको घर्षणपछि लगातार भुकम्प जाने गरेको छ ।
पछिल्लो समय लगातार साना भुकम्पको धक्का महसुस गरिएको छ ।
भुकम्प आफैले कुनै क्षति भने गर्दैन । मानिसले श्रृजना गरेको संरचना पहिरो र ज्वालामुखीलगायत भुकम्पका कारण विपत्ती श्रृजना हुने गर्दछन् ।
२०७२ वैशाख १२ गतेको भुकम्मले खरबै मूल्य बराबारको क्षति भएको थियो भने भारतका विभिन्न सहरसम्म धक्का महसुस गरिएको थियो । त्यसपछि हालसम्म ला हजारौं भुकम्पको धक्का मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : २३ बजे