२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘कार्साङ’ को अग्रिम टिकट बिक्री खुला



२४ पुस । अभिनेता दयाहाङ राईद्वारा अभिनित चलचित्र ’कार्साङ’ को अग्रिम टिकट बिक्री खुला भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई मल्टिप्लेक्स चेन क्युएफएक्सले ५३ शो दिएको छ ।

काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिर ३२ शो दिएको हो। आईएनआई सिनेमाजले १३ शो दिएको छ। एफक्युब सिनेमाजले ७ शो दिएको छ। अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।

शेर्पा समुदायको कथावस्तुमा आधारित यस चलचित्र यम शेर्पाले लेखन तथा निर्देशन गरेका हुन्। दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारहरूको यस चलचित्रमा अभिनय छ । छायांकारसमेत रहेका पुरूषोत्तम प्रधान फिल्मको निर्माता हुन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।