९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’ र ‘गेम चेन्जर’ प्रदर्शन



२६ पुस । नेपाली सिनेमा हलमा शुक्रबार स्वदेशी र विदेशी चलचित्र प्रदर्शनीमा आएका छन् । नेपाली चलचित्र ‘कार्साङ’ र भारतीय फिल्म ‘गेम चेन्जर’ प्रदर्शनीमा आएका हुन् ।
हलमा सुखद शो पाएको ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा छन्।
यम शेर्पाको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ। यो फिल्म शेर्पा समुदायको कथावस्तुमा आधारित छ।
त्यसैगरी, ‘गेम चेन्जर’ दक्षिण भारतीय स्टार रामचरण र कियारा आडवाणी मुख्य भूमिकामा छन्। एक्सन ड्रामा यस फिल्ममा एस।शंकरको निर्देशन रहेको छ।

फिल्ममा राम, नवनियुक्त जिल्ला कलेक्टरको रुपमा छन्। आन्ध्र प्रदेशको एक सहरमा पदभार ग्रहण गर्छन् र तुरुन्तै गहिरो रूपमा गाँसिएको भ्रष्टाचार र सरकारको अकुशलताको सामना गर्छन्।

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।