२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


दुम्कीबासमा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध



२६ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिएको छ । पुल भाँचिएसँगै पूर्व-पश्चिम राजमार्ग ठप्प भएको छ ।

शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।

राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु विचल्लीमा परेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : २० बजे