२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जुना’ को टिजरमा बालविवाह र महिला हिसाको पिडा



काठमाडौं
नेपाली चलचित्रमा पछिल्लो समय विविध विद्यामा निर्माण हुने क्रम बढ्दो छ । सामाजिक कथामा आधारित एउटा चलचित्रको जुना यही माघ २५ गतेबाट प्रर्दशन सुरु हुने क्रममा छ ।
सो चलचित्रको आज राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रको टिजरमा मुख्य भूमिकामा अस्मिता ढकालले अभिनय गरेकी छिन् । बालविवाह पछिको हिंसाको दृश्य हेर्ने दर्शकको आड नै जिरिङ हुने उनको अभिनय चलचित्रको टिरमा समेटिएको छ ।
बर्षै अघिको कथामा बालविवाहको पिडा चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा वावुको भूमिकामा देशभक्त खनाल सशक्त रहेको संकेत टिजरले गरेको छ । चलचित्रको कथा राजबहादुर सानेले लेखेका हुन् ।
नेपाली समाजले भोगेको तथ्यपरक घटनामा निर्माण गरिएको यस चलचित्रको निर्देशन जीवन सेन्चुरीले गरेका छन् । चलचित्रमा अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोराको अभिनय रहेको छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण गरिएको यस चलचित्र दिपकप्रसाद घिमिरेले निर्माण गरेका हुन् ।‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारासहित निर्माण गरिएको यस चलचित्र देशभरका विभिन्न स्थानमा विशेष प्रर्दशनी गरिएको टिजर सार्वजनिक कार्यक्रममा जानकारी दिइएको थियो ।

च्लचित्र मर्मस्पर्शी रहेकाले धेरै दर्शकले आँशु झरेको अनुभव निर्देशक सेञ्चुरीले टिजर सार्वजनिक कार्यक्रममा सुनाएका थिए ।
कार्यक्रममा निर्माता घिमिरेले सरकारले करोडौं बजेट खर्चेर दिन खोजेको सन्देश यस चलचित्रमार्फत समाजमा दिन खोजिएको बताएका थिए । उनले भने,‘चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छौं ।’
एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले चलचित्र वितरण गर्ने भएका छन् ।

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ११ बजे