३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव



काठमाडौं । महिला र पुरुषको विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव दिइएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले सो सुझाव दिएको हो ।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानून समितिले तीन उपसमिति गठन गरेको थियो ।बुधबार समितिको बैठकमा सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाएका छन् ।

समितिले उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिई बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव दिएको हो ।

हाल विवाहको उमेरहद महिला र पुरुष दुवैको २० वर्ष छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।