५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बुढानिलकण्ठमा करेन्ट लागेर एक मजदुरको मृत्यु



काठमाडौं
काठमाडौंको बुढानिलकण्ठमा एक मजदुरको आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने नारायण चौलागाईको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।