९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजेन्द्र महतोले पाए दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह



काठमाडौं । राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले मंगलबार राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो । पार्टीको चुनाव चिन्ह ग्यास सिलिण्डर दिइएको आयोगले जनाएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ ।

गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ । पार्टीको दल दर्ता नम्बर २०१ कायम भएको छ ।

स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्वान्त बमोजिम पार्टी आगाडि बढ्ने अध्यक्ष महताले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : २२ बजे