९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कुमा सागर चितवनमा गुञ्जिदै



काठमाडौं
कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेल आगामी माघ १९ गते शनिबारको दिन चितवनमा गुञ्जिने भएका छन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतीमा उनीहरु ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’मा गुञ्जिन लागेका हुन् । पीभीई नेटवर्कसँग जेसीआई नारायणगढले सहकार्य गर्दै चितवनमा कार्यक्रम गर्न लागेको हो ।
जेसीआई नारायणगढका रविन्द्रकुमार श्रेष्ठका अनुसार संस्थाको स्वर्ण जयन्तीका अवसरमा यो कार्यक्रम गर्न लागिएको हो । उनले कार्यक्रमबाट प्राप्त मुनाफालाई कुरिनटारमा रहेको जेसिज भिलेजको कल्याणकारी कोषमा जम्मा गरिने बताए ।
पीभीई नेटवर्कको प्रस्तुतीमा पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डको प्रस्तुती सफलतापूर्वक सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गत चितवनको नारायणी किनारमा फेब्रुअरी १ मा हुने कार्यक्रममा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले दर्शकलाई गीत सुनाउनेछन् ।
यो कार्यक्रममा भण्डै आठ हजार दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा राखेका छन् । चितवनमा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले पहिलो पटक आफ्ना प्रस्तुति मार्फत गीत सुनाउन लागेका हुन् ।
पीभीई नेटवर्कका अनुसार ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड नेपाल’ अन्तर्गत यसअघि पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डले दर्शकलाई मनोरञ्जन दिइसकेका छन् । नेटवर्कले पहिलो चरणमा व्याण्डहरुले बिर्तामोडमा ६ हजार, तिलोत्तमामा ४ हजार र काठमाडौंमा ३ हजार बढी दर्शकमाझ आफ्ना गीत सुनाएको जनाएको छ ।
पीभीई नेटवर्कका विकेश कायस्थले चितवनको कार्यक्रमलाई विशेष बनाउन आफूहरु सक्रिय रहेको बताए । उनका अनुसार विशाल श्रेष्ठ र मनोज घिमिरेले क्षेत्रीय तहमा चितवनको कार्यक्रम संयोजन गर्दैछन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : १० बजे